रगतको मौज्दात तत्काल अद्यावधिक गर्न ३९ रक्तसञ्चार केन्द्रलाई निर्देशन
baahrakhari.com · Thu Sep 17 09:33:04 GMT 2026

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका ३९ वटा तालिम प्राप्त रक्तसञ्चार केन्द्रलाई आफ्नो केन्द्रमा रहेको रगत तथा रक्त तत्वको मौज्दात विवरण अनिवार्य रूपमा आद्यवधिक गर्न निर्देशन दिएको छ । मन्त्रालयले ट्रयाकिङ एन्ड डोनर म्यानेजमेन्ट सिस्टम ( बीटीडीएमएस)मा तत्काल र अनिवार्य रूपमा अद्यावधिक गर्न निर्देशन दिएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट सञ्चालित बीटीडीएमएसमा रगत तथा रक्त तत्वको मौज्दातसम्बन्धी विवरण रियल टाइम डेटाका रूपमा प्रविष्ट गरी नियमित रूपमा अद्यावधिक गर्नुपर्ने व्यवस्था छ । केही रक्तसञ्चार केन्द्रले विवरण सही र समयमै अद्यावधिक नगरेको गुनासो आएपछि मन्त्रालयले ताकेता गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)