अपाङ्गता भएका महिलाको क्षमता अभिवृद्धिका लागि ‘फेसन सो’ कार्यक्रम
barnanmedia.com · Wed Mar 19 21:29:14 GMT 2025

यहाँको धनगढीमा यही चैत ८ गते अपाङ्गता भएका महिलाहरूको ‘फेसन शो’ कार्यक्रम हुने भएको छ । ‘सँगै हिँडौँ, सँगै काम गरौँ, सँगै अघि बढौँ’ भन्ने मूल नाराका साथ साइनिङ् होम पोखराको आयोजना तथा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल सुदूरपश्चिम प्रदेशको सहकार्यमा कार्यक्रम हुने भएको हो ।
अपाङ्गता भएका महिलाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको साइनिङ होम पोखराकी अध्यक्ष आशिका चन्दले बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । क्षमता भएर पनि प्रस्फुटन हुन नसकेका प्रतिभालाई बाहिर ल्याउनका लागि कार्यक्रमको अयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)