फिफाको प्रतिबन्ध: नेपाली फुटबलमा इतिहासकै ठुलो सङ्कट
hamrakura.com · Thu Jun 25 00:00:00 GMT 2026
काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई निलम्बन गरेपछि नेपाली खेलकुद क्षेत्रमा गम्भीर हलचल पैदा भएको छ। फिफा विधानको धारा १४ को उपधारा १ (आई) र उपधारा ३ अनुसार तेस्रो पक्षको हस्तक्षेप भएको ठहर गर्दै फिफा काउन्सिलको ब्युरोले तत्काल लागू हुने गरी गरेको यो ऐतिहासिक र अप्रत्याशित निर्णयले नेपाली फुटबलको भविष्यलाई चरम अनिश्चयतिर धकेलिदिएको छ। पाँच दशक लामो इतिहासमा एन्फा फिफाको कारबाहीमा परेर निलम्बनमा परेको यो नै पहिलो पटक हो।
खेल पत्रकार एवं विश्लेषक नवीन अर्यालका अनुसार एन्फाले दीर्घकालीन योजनाका साथ काम गर्न नसक्नु, आर्थिक सङ्कट देखाउँदै घरेलु प्रतियोगिताहरू आयोजना गर्न नसक्नु र शीर्षकभन्दा बाहिर बजेट खर्च गर्नु नै यो समस्याको मुख्य बिउ हो। फुटबल सञ्चालनका लागि खटिने भोलिन्टियरहरूले समेत खर्च नपाउने अवस्थाले जटिलता झन् थपेको थियो। तर, एन्फाभित्र आन्तरिक कमजोरी भइरहँदा अन्य बाह्य पक्षले गरेको हस्तक्षेपलाई फिफाले कदापि स्वीकार गर्दैन।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)