महिला टेनिसको शीर्ष वरीयतामा शिभाली
baahrakhari.com · Mon Jun 01 15:00:55 GMT 2026
काठमाडौँ । शिभाली गुरुङ नेपाली टेनिस वरीयताको शीर्ष स्थानमा उक्लिएकी छिन्। नेपाल टेनिस सङ्घले आज सोमबार निकालेको नयाँ वरीयतामा कुल २८० अङ्क प्राप्त गर्दै शीर्ष वरीयतामा उक्लिएकी हुन्। त्यस्तै १९५ अङ्कका साथ प्रकृति श्रेष्ठ दोस्रो तथा स्वस्तिका विष्ट तेस्रो स्थानमा छिन्।
शिभालीले गत हप्ता सम्पन्न प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता–२०८३ को च्याम्पियन बनेपछि शीर्ष स्थानमा उक्लिएकी हुन्। सो प्रतियोगितामा उनले स्वस्तिका विष्टलाई पराजित गरेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)