चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो
gorkhapatraonline.com · Thu Sep 17 09:45:02 GMT 2026

अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर चौडा विशाल क्रेटर पत्ता लगाएको छ । ‘म्याकगेचिन’ नाम दिइएको उक्त क्रेटर निर्माण हुने स्तरको प्रभाव चन्द्रमामा करिब एक शताब्दीमा एक पटक वा त्योभन्दा लामो अन्तरालमा मात्र हुने वैज्ञानिकले अनुमान गरेका छन् ।
नासाका अनुसार सन् २०२४ को वसन्तमा चन्द्रमासँग ठोक्किएको धूमकेतु वा क्षुद्र ग्रहका कारण क्रेटर बनेको हो । तीनदेखि छ तले भवनजत्रो वस्तु ठोक्किँदा बनेको अनुमान गरिएको यो क्रेटर नासाको लुनार रिकोनिसन्स अर्बिटर (एलआरओ)का अनुसन्धान कर्ता रोबर्ट वाग्नरले नयाँ तस्बिर तथा स्क्यान अध्ययन गर्ने क्रममा पत्ता लगाउनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)