सगरमाथाको सौन्दर्यदेखि जलवायु संकटसम्म, हङकङमा ‘रोड टु एभरेस्ट’
ajakoartha.com · Thu Sep 17 09:40:00 GMT 2026

काठमाडौं- सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को आइतबार हङकङको हुङ होमस्थित सनबिम वाम्पो सिनेमा हलमा विशेष प्रदर्शन गरिएको छ । खचाखच दर्शकको उपस्थितिमा सम्पन्न विशेष प्रदर्शनमा हङकङमा बसोबास गर्ने नेपाली तथा भारतीय समुदायसँगै चिनियाँ, बेलायती, फिलिपिनो, अमेरिकी, इन्डोनेसियालीलगायत विभिन्न देशका दर्शकहरूको सहभागिता थियो।
सगरमाथालाई नजिकबाट पर्दामा अनुभव गर्न पाएको भन्दै दर्शकले वृत्तचित्रको प्रस्तुति, विषयवस्तु र सन्देशको प्रशंसा गरे। दर्शकले फिल्म हेर्दा आफू नै सगरमाथाको यात्रामा सहभागी भएको जस्तो अनुभूति भएको प्रतिक्रिया दिएका थिए। प्रिमियरमा हङकङबाट सगरमाथा आरोहण गरेका आधादर्जन चिनियाँ आरोहीहरुको पनि सहभागिता थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)