सेयर बजारमा करिब १२ अंकको वृद्धि, ५ अर्बमाथिको कारोबार
annapurnapost.com · Thu Sep 17 09:37:41 GMT 2026

काठमाडौं : बिहीबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ। अघिल्लो दिन बुधबार २१.१९ अंकले घटेको नेप्से परिसूचक आज ११.९३ अंकले बढेर २६२४.३६ विन्दुमा पुगेको हो। नेप्से परिसूचक वृद्धि भएसँगै कारोबार रकम पनि बुधबारको तुलनामा बढेको छ।
यसदिन ३३९ वटा स्क्रिप्सको १ करोड ३६ लाख १० हजार ४९६ कित्ता सेयर ५ अर्ब ४९ करोड ९३ लाख १६ हजार ६४३ रुपैयाँमा खरिदबिक्री भए। बुधबार ५ अर्ब ३८ करोड मूल्य बराबरको कारोबार भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)