मृतकलाई बाबु बनाएर नागरिकता दिलाउने ५ जना दोषी ठहर
ratopati.com · Mon Jun 01 15:05:35 GMT 2026

काठमाडौँ । मृतक व्यक्तिको नामलाई बाबु कायम गरी झुठा विवरणका आधारमा नेपाली नागरिकता दिलाउने कार्यमा संलग्न ५ जनालाई विशेष अदालतले दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश श्री सुदर्शनदेव भट्ट र सदस्य न्यायाधीश विदुरको इजलासले सोमबार उक्त फैसला सुनाएको हो ।
झुठा लिखत तयार गरी भ्रष्टाचार गरेको अभियोगमा अदालतले रामेश्वर यादव (अहिर), राजेशकुमार कहार, मिना चौधरी, आलम जोल्हा र आएशा जोल्हालाई दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)