फकल्यान्ड तेल परियोजना रोक्न आदेश
kendrabindu.com · Thu Sep 17 09:49:35 GMT 2026

ब्युनस आयर्स । अर्जेन्टिनाको एक अदालतले फकल्यान्ड टापुनजिक सञ्चालन गर्न लागिएको ब्रिटिश–इजरायली तेल परियोजना रोक्न अन्तरिम आदेश दिएको छ । बेलायत प्रशासित फकल्यान्डमाथि अर्जेन्टिनाले आफ्नो सार्वभौम दाबी दोहो¥याइरहेका बेला अदालतको यो आदेश आएको हो ।
दक्षिणी प्रान्त टिएरा डेल फुएगोको अदालतले १९८२ को युद्धका एक दिग्गज र वातावरणीय कानून व्यवसायीले दायर गरेको मुद्दापछि परियोजना रोक्न आदेश दिएको हो । अदालतले रकहपर एक्सप्लोरेसन र नाभिटास पेट्रोलियमलाई तेल उत्खननका लागि ड्रिलिङ, पूर्वाधार निर्माण तथा हाइड्रोकार्बन निकाल्ने काम नगर्न आदेश दिएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन पूरा नभएसम्म आदेश कायम रहनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)