नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन गर्न सम्झौता
arthasansar.com

नागरिक लगानी कोष र दोलखाको तामाकोशी गाउँपालिकाबीच 'नागरिक पेन्सन योजना' सञ्चालन गर्ने सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ। बिहीबार आयोजित कार्यक्रममा कोषका निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र गाउँपालिकाका अध्यक्ष प्रोण प्रताप के.सी.ले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार गाउँपालिकाले आफ्नो 'श्रमिक कल्याण कोष सञ्चालन कार्यविधि' बमोजिम योजनामा सहभागी हुने प्रत्येक श्रमिकको तर्फबाट मासिक ५०० रुपैयाँ योगदान र सहभागी श्रमिकले मासिक ५०० रुपैयाँ योगदान गरी प्रतिमहिना १ हजार रुपैयाँ जम्मा गर्ने व्यवस्था गरिने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)