मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस् : सुशीला कार्की
baahrakhari.com · Sat Jun 06 09:00:14 GMT 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले अबको समय साहित्य क्षेत्रमै व्यतीत गर्ने बताएकी छन् । शनिबार (जेठ २३) ललितपुरमा आयोजित ‘काठमाडौं कलिङ साहित्य महोत्सव’मा उनले यस्तो बताएकी हुन् ।
आफूलाई केवल पूर्वप्रधानन्यायाधीश वा पूर्वप्रधानमन्त्रीका रूपमा मात्र नभई एक साहित्य अनुरागीका रूपमा बुझिदिन उनले आग्रह गरिन् । उनले न्यायपालिका र कार्यपालिकामा आफूले निर्वाह गरेको भूमिका बाध्यता र कर्तव्यको उपज भएको बताइन् । साहित्य भने आफ्नो अन्तर्मनको रुचि भएको उनले स्पष्ट पारिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
सुशीला कार्की
काठमाडौँ