इनड्राइभको अनलाइन सुरक्षा तालिमबाट १,५०० भन्दा बढी ड्राइभर लाभान्वित
kendrabindu.com · Thu Sep 17 09:53:53 GMT 2026

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा सञ्चालन गरेको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १,५०० भन्दा बढी ड्राइभर पार्टनरले सफलतापूर्वक पूरा गरेका छन् । ड्राइभर पार्टनरमा सडक सुरक्षा, व्यावसायिक आचरण तथा आपतकालीन परिस्थितिमा अपनाउनुपर्ने सुरक्षाका उपायबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमले महत्वपूर्ण उपलब्धि हासिल गरेको इनड्राइभले जनाएको छ ।
मोबाइलबाटै सहज रूपमा पूरा गर्न सकिने गरी तयार गरिएको यो अनलाइन कोर्सले ड्राइभर पार्टनरलाई सुरक्षित रूपमा सवारी सञ्चालन गर्न, यात्रुसँग व्यावसायिक व्यवहार कायम राख्न तथा यात्राका क्रममा आइपर्न सक्ने विभिन्न परिस्थितिलाई प्रभावकारी रूपमा सम्हाल्न आवश्यक व्यावहारिक जानकारी प्रदान गर्छ । हालसम्म १,५०० भन्दा बढी ड्राइभर पार्टनरले कोर्स पूरा गरी इनड्राइभबाट डिजिटल प्रमाणपत्र प्राप्त गरिसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)