सिक्लेसमा ‘बुकी फूल’को शुभमूर्हुर्त
gorkhapatraonline.com · Thu Sep 17 09:55:42 GMT 2026

गण्डकी प्रदेशका सांसद एवम् चलचित्र निर्माता वेदबहादुर गुरुङ श्यामको परिकल्पना तथा ओमप्रकाश गुरुङको निर्देशनमा बन्न लागेको नेपाली चलचित्र ‘बुकी फूल’को कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा शुभमूर्हत गरिएको छ ।
गुरुङ समुदायको ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक परिवेशलाई कथावस्तु बनाइएको चलचित्रको छायाँकन सिक्लेस र आसपासका क्षेत्रमा गरिने भएको छ । चलचित्रको शुभमूहुर्त कार्यक्रममा निर्देशक नवीन सुब्बा, मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङ, कलाकार तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)