‘नेपाल अटिजम समिट’ असोज ३ मा
baahrakhari.com · Thu Sep 17 09:59:34 GMT 2026

काठमाडौं । ‘नेपाल अटिजम समिट २०२६’ यही असोज ३ गते काठमाडौंमा आयोजना गरिने भएको छ । नेपालमा पहिलोपटक अटिजम सम्मेलन आयोजना गर्न लागिएको हो । इनक्लुसिभ एजुकेसन नेपालले आयोजना गर्न लागेको समिट अटिजम तथा न्युरोडाइभर्सिटीका विषयमा केन्द्रित हुने आयोजकले जनाएको छ ।
अटिजम भएका बालबालिका तथा व्यक्तिको शिक्षा, स्वास्थ्य, सामाजिक स्वीकार्यता, अधिकार र समावेशीकरणका विषयमा बहस, छलफल र योजना गर्ने उद्देश्यले समिट आयोजना गर्न लागिएको आयोजक संस्थाका संस्थापक अध्यक्ष राम तिवारीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)