महेश बस्नेतको टिप्पणी–अब अदालत सामु अर्को चुनौति थपियो
ratopati.com
एमाले नेता महेश बस्नेतले कर्णाली प्रदेशमा ह्वीप उलंघन गर्दा पार्टीले कार्बाही गरेका एमालेका ४ जना सांसदहरूको पद रिक्त भएको फैसला आएको प्रति स्वागत गरेका छन् । यो फैसलासँगै अब अदालत सामु अर्को चुनौति थपिएको बस्नेतको टिप्पणी छ ।
‘बहुदलीय व्यवस्था र संसदीय प्रणालीमा यो फैसला साह्रै स्वागतयोग्य छ। देउवा सरकारको गठनमा आएको परमादेशको विषयमा सांसदहरूलाई पार्टी ह्विप नलाग्ने उलंघन गरे बापत कार्बाही गर्न नपाइने फैसला बेठीक भएको अनुभुति गरेको जस्तो देखिन्छ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘त्यसो हुँदा अब अदालत सामु अर्को चुनौति थपिएको छ। मन्त्री हुन र अन्य लाभका निम्ति एमालेको सरकार ढालेर कांग्रेस सभापति देउवा प्रधानमन्त्री बनाउन लाग्ने २२ जना संघीय सांसदहरुलाई पार्टीले कार्बाही गरेको अवस्थामा अदालतले के गर्ला ? पद कायम राख्ला कि नराख्ला ?’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)