चार करोड खर्च गरेर बनाइएको मलमूत्र व्यवस्थापन केन्द्र प्रयोगविहीन
barnanmedia.com · Wed Mar 19 21:48:38 GMT 2025

जिल्लाको व्यास नगरपालिका–१३ स्थित सुडेको पुल नजिक निर्माण गरिएको मलमूत्र व्यवस्थापन केन्द्र सात वर्षदेखि प्रयोगविहीन छ ।
शौचालयबाट निस्किएको मलमूत्रलाई ‘ट्रिटमेन्ट’ गरी मलका रूपमा प्रयोग गर्ने उद्देश्यले विसं २०७४ मा निर्माण गरिएको सो केन्द्र प्रयोगविहीन भएको हो । तत्कालीन साना सहरी तथा खानेपानी आयोजनाले सरसफाइ कार्यक्रमअन्तर्गत रु १२ करोड विनियोजन गरेको थियो । जसमा दमौली बजार क्षेत्रमा आठ किलोमिटर पक्की नाला निर्माण, फोहर व्यवस्थापनका लागि व्यास नगरपालिकालाई एक थान टिपर, सार्वजनिक शौचालय निर्माण र मलमूत्र व्यवस्थापन रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)