देउवा–शेखर समूहद्वारा चुनदेवीमा कार्यालय खोल्ने तयारी
ratopati.com · Thu Jun 25 10:56:29 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूह र नेता डा.शेखर कोइराला समूहले छुट्टै कार्यालय खोल्ने तयारी गरेका छन् । काठमाडौँको महाराजगन्जमा रहेको अमेरिकन एम्बेसी पछाडि चुनदेवीमा कार्यालयको तयारी गरिएको कांग्रेसका निवर्तमान प्रचार विभाग प्रमुख तथा देउवा समूहका नेता मीन विश्वकर्माले जानकारी दिए ।
‘१५औँ महाधिवेशन तयारी सम्पर्क कार्यालय महाराजगन्जको चुनदेवीमा खोल्दैछौँ । एक–दुई दिनमा खुल्छ,’ विश्वकर्माले रातोपाटीसँग भने, ‘त्यहाँ नियमित महाधिवेशनको पक्षमा देखिएका सबै नेता कार्यकर्ताहरूको भेटघाट र जमघट हुन्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)