प्रतिनिधिसभाः बाढीपीडित, सडक दुर्घटना र भूमिहीनको समस्या समाधानका मुद्दा
reportersnepal.com · Thu Sep 17 10:09:47 GMT 2026

काठमाडौँ, १ असोज । सांसदहरूले बाढीपीडितको उद्धार, सडक दुर्घटना व्यवस्थापनदेखि भूमिहीन सुकुमबासी समाधानलगायत नागरिकका सरोकारका सवालमा चर्चा गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिँदै सांसद डा लेखजङ्ग थापाले बाढी उद्धार टिममा स्वास्थ्यको विषयलाई ध्यानमा राख्दै ‘डिजास्टर हेल्थ टिम’ निर्माण गर्न सुझाव दिए ।
सांसद विक्रम खनालले पश्चिम नवल परासीलगायत तराई क्षेत्रमा लागुऔषधको कुलतमा युवाहरू फसेको बताउँदै कुलतमा परेका युवालाई सरकारस्तरबाटै निःशुल्क सुधार केन्द्र र परामर्शलगायतका सेवा व्यवस्था गर्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)