उद्यमीका सरोकार नसुनी राष्ट्रिय सभाबाट विद्युतीय व्यापार विधेयक पारित
ekantipur.com · Fri Nov 03 01:19:28 GMT 2023
काठमाडौँ — ई–कमर्स उद्यमी, व्यवसायी एवं सरोकारवालाले राख्दै आएका प्रमुख माग सम्बोधन नगरीकनै राष्ट्रिय सभाले अनलाइन माध्यमबाट गरिने वस्तु तथा सेवा खरिद–बिक्रीलाई नियमन गर्न बनेको विधेयक पारित गरेको छ । माग सम्बोधन नगरी विधायन व्यवस्थापन समितिले तयार पारेको संशोधन प्रतिवेदन राष्ट्रिय सभाले पारित गरेको हो ।
बिहीबार हिउँदे अधिवेशनको अन्तिम बैठकमा राष्ट्रिय सभाले उक्त समितिको प्रतिवेदन पारित गर्दै सम्पूर्ण संशोधन प्रस्ताव विद्युतीय व्यापार विधेयक, २०८० को अंग बनेको घोषणा गर्यो । यो विधेयक अब प्रतिनिधिसभामा छलफलका लागि जाने भएकाले पुनरावलोकन र सुधारको अवसर भने बाँकी छ । ई–कमर्स उद्यमी, व्यवसायी तथा सरोकारवालाले प्रतिनिधिसभाले माग सुनुवाइ गर्ने आशा राखेको प्रतिक्रिया दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)