मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भूकम्पको दश वर्ष: अझै पाल र टेकोको भरमा कुमारी घर

ratopati.com · Thu Aug 07 19:15:00 GMT 2025

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको जीवित देवी कुमारी घर पाल र टेकोको भरमा अड्याइएको छ ।

यस वर्षको वर्षात् सुरु हुन लागेसँगै कुमारी घरभित्र पानी छिर्न थालेपछि पुरातत्त्व विभागले नै पालले कुमारी घरमा ओत लगाएको हो । पानी चुहिन थालेपछि त्रिपालको ओत लगाइएको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए । गत आर्थिक वर्षमै कुमारी घरमा पानी चुहिन थाले पनि यो आर्थिक वर्षमा पनि बजेट नभएकाले अर्को वर्ष बजेट राखेर मर्मत गरिने उनले बताए । इन्द्रजात्रा व्यवस्थापन समितिका पदाधिकारी र वसन्तपुर दरबार क्षेत्रका स्थानीयवासी भने एक दशकअघिको भूकम्पदेखि नै कुमारी घर टेकोका भरमा राखिए पनि सरोकार भएका निकायले ध्यान नदिएको गुनासो गर्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)