ईभीको बीमामा देखिएका चुनौतीका बारेमा प्राधिकरणमा छलफल
aarthiknews.com

काठमाडौं । नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपन्डोलमा बुधबार विद्युतीय सवारी साधनको बीमा, क्षति मूल्याङ्कन तथा मर्मत सम्भारमा देखिएका चुनौती एबम् समस्या र समाधानका उपायहरू सम्बन्धी छलफल एबम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
विद्युतीय सवारी साधनको क्षति मूल्याङ्कनमा एकरूपता कायम गर्ने, मूल्याङ्कनमा देखिएका समस्या एबम् चुनौती पहिचान गरी समाधानका उपाय पहिल्याउने र सवारी साधन बीमा सम्बन्धी विद्यमान व्यवस्थामा परिमार्जन गर्ने सन्दर्भमा सुझावहरू सङ्कलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)
काठमाडौँ