नुवाकोट, रसुवा र धादिङका बाढी प्रभावित क्षेत्रमा मानवीय राहत सामग्री पुर्याउन याङ्गोको सहयोग
ajakoartha.com · Thu Sep 17 10:13:00 GMT 2026

काठमाडौं- याङ्गोले आफ्नो याङ्गो डेलिभरी कार्गो सेवा मार्फत बाढी प्रभावित क्षेत्रमा राहत सामग्री निःशुल्क ढुवानी गर्न सहयोग गरिरहेको छ। स्थानीय गैरसरकारी संस्थाहरूसँगको सहकार्यमा सञ्चालन भइरहेको यस पहलमार्फत रसुवा, धादिङ र नुवाकोटका प्रभावित समुदायमा १,००० भन्दा बढी मानिससम्म राहत सामग्री पुर्याउन सहयोग पुगेको छ ।
भोटेकोसी बाढीपछि राहत कार्य सुरु भएदेखि नै याङ्गोले आवश्यक ढुवानी सहयोग उपलब्ध गराउँदै आएको छ । राहत तथा उद्धार कार्य जारी रहेकाले याङ्गोले आफ्नो डेलिभरी सेवामार्फत सहयोगलाई निरन्तरता दिएको छ । हामी नेपाल, अस्तित्व नेपाल र क्राइसिस कन्नेक्ट नेपाल जस्ता स्थानीय संस्थाहरूलाई काठमाडौंभित्र तथा काठमाडौं उपत्यकाबाट प्रभावित क्षेत्रसम्म राहत सामग्री पुर्याउन याङ्गो डेलिभरीले सहयोग गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)