पेट्रोलको बक्यौता असुल्न सरकारविरुद्ध अदालत पुग्यो नेपाली सेना
baahrakhari.com · Thu Sep 17 10:12:15 GMT 2026

काठमाडौं । सैनिक कल्याणकारी कोषबाट सञ्चालित पेट्रोल पम्पबाट कुपनमार्फत खरिद गरेको पेट्रोलको रकम भुक्तान नभएपछि नेपाली सेनाले सरकारविरुद्ध मुद्दा दिएको छ । पटक–पटक ताकेता गर्दासमेत लामो समयसम्म बक्यौता भुक्तानी नभएपछि जङ्गी अड्डा अन्तर्गत सैनिक कल्याणकारी कोष, रिपुमर्दिनी पेट्रो स्टेशन प्रा.लि.अदालत पुगेको हो ।
पेट्रोलका रकम असुली प्रकरणमा जिल्ला अदालत काठमाडौंले भदौ २९ गते नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयलाई बयानमा उपस्थित हुन आदेश दिएको समेत खुलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)