स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
ratopati.com · Thu Sep 17 10:15:55 GMT 2026

काठमाडौँ। स्रोत नखुलेको नगदसहित दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ । ३४ लाख ९५ हजार रूपैयाँसहित २ जनालाई प्रहरीले बुधबार पक्राउ गरेकाे हाे।
पक्राउ पर्नेहरुमा अर्घाखाँची सन्धिखर्क नगरपालिका–२ घर भएका ४२ वर्षीय सन्तोष भुषाल र पर्सा वीरगञ्ज महानगरपालिका–२१ घर भएका ४० वर्षीय प्रवेश महत्तो रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)