१९ दिनसम्म होटलमा बालिका बन्धक बनाएर बलात्कार गर्ने नाइके जेल पर्दा, घटना मिलाउन खोज्ने वडाध्यक्ष चाहिँ १ लाखमै रिहा!
barnanmedia.com · Thu Sep 17 10:13:58 GMT 2026

जनकपुरमा १६ वर्षीया बालिकालाई विवाहको प्रलोभन देखाएर अ*पहरण गरी विभिन्न होटलमा १९ दिनसम्म बन्धक बनाएर ज*बरजस्ती क*रणी गरेको आ*रो*पमा मुख्य अभियुक्त ताहिर राइन पुर्पक्षका लागि का*रागार चलान भएका छन्। जिल्ला अदालत धनुषाले भदौ २६ गते राइनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। घटनापछि कतार फरार भएका उनलाई इन्टरपोलमार्फत प*क्राउ गरी गत साउन २५ गते नेपाल ल्याइएको थियो।
यता, घटनालाई २० लाख रुपैयाँमा मिलाउन दबाब दिएको आ*रोप लागेका धनौजी गाउँपालिका–५ का वडाध्यक्ष याकुब कवारी भने एक लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)