फुर्केखोलाको पुल बगेको २३ दिन हुँदा पनि सरकार बेखबर: सांसद थपलिया
barnanmedia.com · Thu Sep 17 10:19:21 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसकी सांसद सिता थपलिया (उर्मिला) ले धादिङलगायतका बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा जनजीवन सामान्य बनाउन सरकारले चरम ढिलासुस्ती गरेको भन्दै कडा असन्तुष्टि जनाएकी छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद थपलियाले नागरिकको जीवन रक्षा र पूर्वाधार निर्माणमा सरकार पूर्ण रूपमा गैरजिम्मेवार बनेको आरोप लगाइन्। भोटेकोशीको बाढीले त्रिशूली नदीस्थित फुर्केखोलाको पुल बगाएको २३ दिन बितिसक्दा पनि सरकारले अस्थायी बेलिब्रिज निर्माणमा समेत चासो नदिएको उनले बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)