सुदूरपश्चिमका मन्त्रीलाई एमालेको निर्देशन– टुक्रे र वितरणमुखी योजना रोक्नू
onlinekhabar.com · Thu Sep 17 10:17:44 GMT 2026

१ असोज, धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले मन्त्रीहरूलाई टुक्रे र वितरणमुखी योजना रोक्न निर्देशन दिएको छ । बुधबार धनगढीमा बसेको प्रदेश संसदीय दलको बैठकले मन्त्रीहरूलाई विभिन्न १० बुुँदे सुझाव दिँदै बजेट प्रभावकारी बनाउन वितरणमुखी योजना वितरण रोक्न निर्देशन दिएको हो ।
संसदीय दलका नेता राजेन्द्रसिंह रावलले टुक्रे र वितरणमुखी योजना निरुत्साहित गरि अधुुरा तथा सम्पन्न हुन लागेका आयोजनालाई प्राथमिकता दिन, उत्पादन तथा रोजगारी बढाउने आयोजनालाई प्राथमिकता दिएर प्रदेशको राजश्व बढाउने कार्यक्रम ल्याउन निर्देशन दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)