ज्याक गुडरिचको सन्देश
gorkhapatraonline.com · Thu Jun 25 11:20:27 GMT 2026

दोस्रो विश्वयुद्धका अनुभवी अमेरिकी पाइलट ज्याक गुडरिच अहिले १०२ वर्षको उमेरमा पनि युद्ध, मित्रता र शान्तिको महत्त्वबारे स्पष्ट सन्देश दिनुहुन्छ । हिमालयमाथिको खतरनाक ‘हम्प’ मार्ग हुँदै चीनलाई आपूर्ति पुर्याउने फ्लाइङ टाइगर्स अभियानका जीवित साक्षी गुडरिचले अमेरिका-चीन मित्रता आज पहिलेभन्दा अझ आवश्यक भएको बताउनुभएको छ ।
एक्काइस वर्षको उमेरमा उहाँले भारत र बर्माबाट हिमालय पार गर्दै चीनसम्म सैन्य सामग्री पुर्याउने अत्यन्त जोखिमपूर्ण उडान गर्नुभएको थियो । दोस्रो विश्वयुद्धका क्रममा जापानी सेनाले बर्मा रोड नियन्त्रणमा लिएपछि चीनलाई आपूर्ति गर्ने प्रमुख माध्यम यही हवाई मार्ग बनेको थियो । पेन्सिलभेनियामा बसोबास गर्दै आउनुभएका गुडरिचले युद्धकालीन अनुभव अझै स्पष्टरूपमा सम्झनुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)