उत्तर कोरियाले आणविक हतियार नत्याग्ने
gorkhapatraonline.com · Thu Sep 17 10:31:16 GMT 2026

उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले आफ्नो देशको आणविक हतियार सम्पन्न राष्ट्रको हैसियत स्थायी र अपरिवर्तनीय रहेको बताउनुभएको छ । उहाँले उत्तर कोरियाले आणविक हतियार त्याग्ने आशा राख्नु ‘मूर्खतापूर्ण सोच’ भएको टिप्पणी गर्नुभएको हो ।
आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सीमार्फत जारी वक्तव्यमा उहाँले बाह्य शक्तिले उत्तर कोरियाको आणविक हैसियत अस्वीकार गरे पनि त्यसमा कुनै परिवर्तन नआउने बताउनुभयो । उहाँका अनुसार प्योङयाङको आणविक शस्त्रागारले बाह्य दबाब रोक्न महत्वपूर्ण भूमिका खेलिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)