जग्गा तथा आवास क्षेत्रका समस्या समाधानमा समन्वय गर्ने सभामुखको प्रतिबद्धता
corporatenepal.com · Thu Sep 17 10:25:24 GMT 2026

काठमाडौँ । ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३’ आजदेखि काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा औपचारिक रूपमा सुरु भएको छ ।
नेपाल चेम्बर अफ कमर्सको ७५ औं हीरक वर्षको अवसरमा नेपाल जग्गा तथा आवास विकास संघ एवं नेपाल जग्गा तथा आवास विकास महासंघको आयोजना र नेपाल चेम्बर अफ कमर्सको सह–आयोजनामा आयोजित यस चार दिने एक्स्पोको औपचारिक उद्घटान प्रतिनिधि सभाका सम्माननीय सभामुख डोलप्रसाद अर्यालले गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)