गैरआवासीय नेपाली संघ १० औँ एसिया -प्रशान्त क्षेत्रीय सम्मेलन १८-१९ मार्च २०२५
barnanmedia.com · Wed Mar 19 22:26:58 GMT 2025

निष्कर्षहरू गैरआवासीय नेपाली संघको १० औँ एसिया -प्रशान्त क्षेत्रीय सम्मेलन-२०२५ मार्च १८ देखि १९ सम्म कम्बोडियाको राजधानी नोम पेन्हमा भव्य रूपमा सम्पन्न भयो। नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यता र कम्बोडियाका परराष्ट्र राज्य मन्त्री डा यून केहाङ, पूर्व कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरि, पूर्व मन्त्री एकनाथ ढकाल, लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी सहितको उपस्थितिमा सम्मेलन सम्पन्न भयो । सम्मेलनमा ३० देशका तीन सय भन्दा बढी प्रतिनिधिहरूको भौतिक तथा भर्चुअल सहभागिता रहेको थियो। सम्मेलनमा विभिन्न महत्त्वपूर्ण मुद्दामा छलफल गरियो। विशेषतः सम्मेलनले नीति सुधार र संसदीय योगदानका माध्यमबाट एनआरएनए–पीएनओका समस्याहरू समाधान गर्दै नेपालको आप्रवासी समुदायको संलग्नता बढाउने उपायहरू, कला र संस्कृतिको मार्फत एनआरएनलाई संस्कृति, परम्परा र शिक्षासँग जोड्नको लागि पहल, एसिया -प्रशान्त क्षेत्रको पर्यटन,व्यवसायिकता र आर्थिक एकीकरणलाई नेपालमा लगानी अवसरको प्रवर्धन, युवा र आप्रवासीहरूको चुनौती र अवसरमा एनआरएनएको महत्वपूर्ण भूमिका र भविष्यमा यसको एकता र रणनीतिक दृष्टिकोण, एनसीसीलाई सुदृढ गर्दै अवसरहरूलाई तीव्र बनाउने र चुनौतीहरू पार गर्ने रणनीतिहरू अपनाउनुपर्ने महत्त्वपूर्ण लगायतका विषयमा दिशानिर्देश गरेको छ। सम्मेलनका निष्कर्षहरू निम्नानुसार रहेका छन्।
१. नेपाल सरकारले गैरआवासीय नेपालीका पक्षमा गरेका सम्पूर्ण निर्णय र सहजिकरणाको लागि हार्दिक आभार व्यक्त गर्दै संविधानको धारा १४ मा प्रष्ट व्यवस्था भएको सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार सहितको गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनका लागि यथाशक्य छिटो आवश्यक कानूनी प्रबन्ध मिलाइदिन तथा गैरआवासीय नेपाली ऐन यथाशक्य छिटो संशोधनसहित कार्यान्वयनमा ल्याउन यो सम्मेलन अनुरोध गर्दछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)