चेतन अयडी हत्या प्रकरणमा फैसला आउँदै, बहस सकियो
ratopati.com · Thu Sep 17 10:42:27 GMT 2026

बाजुरा । बाजुरामा एमालेनिकट अनेरास्ववियुका नेता चेतनदीप अयडीको हत्या प्रकरणमा करिब चार वर्षपछि फैसला हुने भएको छ । बाजुरा जिल्ला अदालतमा न्यायाधीश ताराप्रसाद डाँगीको इजलासमा मुद्दाको सुनुवाइ तथा बहस सकिएको छ ।
बुधबार र बिहीबार लगातार दुई दिन भएको बहसपछि अदालतले अब फैसला सुनाउने तयारी गरेको हो । जाहेरवाला चेतनका बुवा गगन अयडीका तर्फबाट सरकारी वकिलसहित वरिष्ठ अधिवक्ताहरू राजेन्द्र साउद, रामबहादुर खड्का, रामबहादुर रावल र वसन्त जोशीले बहस गरेका थिए । अभियुक्तहरूका तर्फबाट भने जगत बमलगायत कानुन व्यवसायीले बहस गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)