सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब संकलन
annapurnapost.com · Sat Jun 06 08:56:19 GMT 2026

काठमाडौं : सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब संकलन भएको छ। जेठ २० गतेसम्म एक खर्ब ११ अर्ब सात करोड पाँच लाख ८५ हजार बराबरको योगदान रकम जम्मा भएको हो। सामाजिक सुरक्षा कोषले जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी प्राथमिकताका क्षेत्र निर्धारण गरेको छ।
दैनिक रूपमा रकम थपिँदै गएकाले लगानीको दायरा विस्तार गर्नुपर्ने निष्कर्षमा कोष पुगेको छ। सोही आधारमा कोषले सरकारी स्वामित्वका कम्पनीसँग मिलेर जलविद्युत तथा नवीकरणीय ऊर्जा परियोजनामा लगानी गर्ने नीति अख्तियार गरेको छ। कोषका ४ वटा प्रस्ताव आएकामा दुई वटा प्रस्तावमाथि छलफल भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
काठमाडौँ