विपद्का कारण सम्पत्ति विवरण बुझाउन नसकेका कर्मचारीलाई ३० दिन म्याद थप
ratopati.com · Thu Sep 17 10:47:02 GMT 2026

काठमाडाैँ । प्राकृतिक विपत्तिका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेस गर्न नसकेका राष्ट्रसेवक कर्मचारीका लागि सरकारले थप ३० दिनको समय दिएको छ ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको राष्ट्रिय किताबखानाले रसुवाको भोटेकोशी बाढीका कारण विपद् सङ्कटग्रस्त क्षेत्रमा कार्यरत कर्मचारी तथा उद्धार, राहत र व्यवस्थापनका लागि काजमा खटिएका राष्ट्रसेवक कर्मचारीलाई लक्षित गरी म्याद थप गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)