एनआईसी एशिया बैंकद्वारा ४ सामुदायिक विद्यालयलाई ल्यापटप, कम्प्युटर र प्रोजेक्टर प्रदान
clickmandu.com · Thu Sep 17 10:47:15 GMT 2026

काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न जिल्लाका ४ सामुदायिक विद्यालयलाई ल्यापटप, कम्प्युटर र प्रोजेक्टर प्रदान गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धनगढीमाई नगरपालिका–९ सिराहास्थित महावीर माध्यमिक विद्यालय चैनपुर, ठाकुरबाबा नगरपालिका–२, कर्मला, बर्दियास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, इटहरी उप–महानगरपालिका–१९, जब्दी सुनसरीस्थित पञ्चायत रजत जयन्ती आधारभूत विद्यालय र सुनवर्षी नगरपालिका–२, अमरदह, मोरङस्थित वीरेन्द्र सार्वजनिक विद्यालयलाई विद्यार्थीहरुको पठनपाठन अझ सहज र सरल बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यका साथ ल्यापटप, डेस्कटप कम्प्युटर र प्राजेक्टर उपलब्ध गराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)