महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह
nepalsamaya.com · Thu Jun 25 11:39:11 GMT 2026

महेन्द्रनगर। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना भएकाले नदी किनार तटीय क्षेत्रका बासिन्दाहरूलाई पूर्व सतर्कता अपनाउन आग्रह गरेको छ।
आज प्रशासनले सूचना जारी गर्दै भारतको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधमा शुक्रबार बिहान ६ बजेदेखि शनिबार साँझ ५ बजेसम्म सिल्ट सफाइ (बाँधमा जमेको बालुवा, माटो, हिलो र लेदोलाई निकालेर सफा गर्ने) गरिने भएकाले महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावनाप्रति सचेत रहन आग्रह गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)