मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उत्तर दक्षिण कोशी राजमार्गः खाँदबारी-नुमखण्डमा ७५ प्रतिशत काम सकियो

ratopati.com · Mon Jun 01 16:10:17 GMT 2026

सङ्खुवासभा । नेपाल, भारत र चीन जोड्ने राष्ट्रिय गौरवको उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी-नुम सडकखण्डमा कामले तीव्रता पाएको छ । सदरमुकाम खाँदबारीबाट नुमसम्मको ३९ किलोमिटर सडकले गति लिएको हो।

खाँदबारीबाट नुमसम्मको ३९ किमी सडकको ७५ प्रतिशत भौतिक प्रगति र ८० दशमलव ७१ प्रतिशत वित्तिय प्रगति भइसकेको उत्तर दक्षिण कोशी सडक आयोजना कार्यालयका प्रमुख रामबहादर गुरुङले जानकारी दिए । उनका अनुसार सडक कालोपत्रका लागि हालसम्म रु एक अर्ब २५ करोड ८० लाख पाँच हजार खर्च भइसकेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)