फुर्केखोलामा पुल नबनेपछि सांसद थपलियाको प्रश्न : ‘के नेपालको नक्साबाट धादिङ हटेको हो ?’
kalakarmi.com · Thu Sep 17 10:58:23 GMT 2026

काठमाडौं- नेपाली कांग्रेसकी सांसद उर्मिला थपलिया (सीता)ले भोटेकोशी बाढीका कारण त्रिशूली नदीमा रहेको फुर्केखोलाको पुल बगेको २३ दिन बितिसक्दा पनि सरकारले अस्थायी बेलिब्रिज निर्माण नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थपलियाले जनताको आवतजावत सहज बनाउन तत्काल अस्थायी बेलिब्रिज निर्माण गर्न माग गरिन् ।
उनले भनिन्, ‘भोटेकोशी बाढीका कारण त्रिशूली नदीमा रहेको फुर्केखोलाको पुल बगेको आज २३ दिन भइसकेको छ । मैले यसअघि पनि बारम्बार यही सम्मानित सदनमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै, जनताको आवतजावत दैनिकि सहज बनाउन यथाशीघ्र अस्थायी बेलिब्रिज निर्माण गर्न आग्रह गरिसकेको थिएँ तर सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)