बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग
khabarhub.com · Thu Sep 17 10:56:51 GMT 2026

काठमाडौं- , १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको खोजी तीव्र बनाउन, शव पहिचानका लागि ‘डिएनए’ परीक्षण तथा शव फेला नपरेका अवस्थामा पीडित परिवारले मृत्यु दर्ता, बीमा, क्षतिपूर्ति र बैङ्किङलगायत कानुनी अधिकार पाउने व्यवस्था सहजीकरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
एकातिर आफन्त गुमाउनुको पीडा र अर्कोतर्फ सरकारी क्षतिपूर्ति, बीमा भुक्तानी, बैङ्कमा रहेको रकम तथा अंशबन्डालगायत कानुनी प्रक्रिया अघि बढाउन नसक्दा पीडित परिवार अधिकारबाट वञ्चित भइरहेका भन्दै सांसदहरूले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा भाग लिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ठाकुरसिंह थारूले रसुवा बाढीका धेरै पीडित परिवारले परम्पराअनुसार कुश बनाएर अन्तिम दाहसंस्कार गरे पनि त्यसले कानुनी मान्यता पाउन नसकेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)