सरकारले कमजोरी नसच्चाए आफैँ पतनको बाटोमा जानेछ : सांसद शाही
annapurnapost.com · Thu Sep 17 10:50:05 GMT 2026

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो कमजोरी नसच्चाए आफैँ पतनको बाटोमा जाने बताएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद शाहीले दुई तिहाइको सरकार भाषण र ‘स्टन्ट’मा मात्र सीमित नभई व्यवहारमै जनउत्तरदायी बन्नुपर्ने बताएका हुन्। वर्तमान सरकारले कर्मचारी संयन्त्रमाथि अनावश्यक नियन्त्रण र दबाब सिर्जना गरी आतङ्कित पार्ने काम गरेको उनले आरोप लगाए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)