डेरी उद्योग संघको अध्यक्षमा निरञ्जन श्रेष्ठ चयन
corporatenepal.com · Thu Jun 25 11:42:48 GMT 2026

काठमाडौं । डेरी उद्योग संघको अध्यक्षमा निरञ्जन श्रेष्ठ चयन भएका छन् । काठमाडौँमा सम्पन्न १७औँ वार्षिक साधारण सभाले सुजल डेरी प्रालि पोखराका सञ्चालक श्रेष्ठको नेतृत्वमा आगामी दुई वर्षका लागि ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
यसअघि राजधानी डेरी प्रालिका राजकुमार दाहाल अध्यक्ष थिए । त्यसैगरी उपाध्यक्षमा आधुनिक डेरी प्रालिका विश्वराज बस्नेत, महासचिवमा जयश्री कृष्ण डेरी प्रालिका सुरज सापकोटा र कोषाध्यक्षमा संयुक्त डेरी फुड प्रालिका कुलप्रसाद घिमिरे चयन भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)