दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको टाइसिट ड्र सम्पन्न, प्रतियोगिताको खेल तालिका सार्वजनिक
arthasansar.com · Thu Sep 17 11:02:42 GMT 2026
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा हुन गइरहेको ‘दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कप २०८३’ को टाइसिट ड्र सम्पन्न भई प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ।काठमाडौंको कमलादीस्थित नेपाल अर्ग्यानिक फूडल्याण्डमा आयोजित कार्यक्रममा सहभागी बीमा कम्पनी तथा संस्थाहरूका प्रतिनिधिका माझ प्रारम्भिक चरणका खेलहरूको टाइसिट ड्र गरिएको हो। प्रतियोगिता आगामी असोज ३ गते सामाखुसी फुटसलमा सञ्चालन हुने तय भएको छ।
प्रतियोगितामा नेपाल इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर, नेको इन्स्योरेन्स, सानिमा जिआइसी, नेपाल लाइफ, सिटिजन लाइफ, नेपाल पुनर्बीमा कम्पनी तथा नेपाल बीमा प्राधिकरणसहित २८ टोलीको सहभागिता रहनेछ। नकआउट चरणको आधारमा सञ्चालन हुने प्रतियोगिताको पहिलो खेल बिहान ८:०० बजे सुरु हुनेछ, जहाँ ग्राउन्ड १ मा मेट लाइफ र राष्ट्रिय बीमा कम्पनी तथा ग्राउन्ड २ मा हिमालयन एभरेष्ट ‘ए’ र नेपाल लाइफ इन्स्योरेन्स आमनेसामने हुनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)