‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पो–२०८३’ भृकुटीमण्डपमा सुरु
baahrakhari.com · Thu Sep 17 11:04:18 GMT 2026

काठमाडौं । ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३’ सुरु भएको छ ।
एक्स्पो बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा औपचारिक रूपमा सुरु भएको हो । नेपाल चेम्बर अफ कमर्सको ७५औँ हीरक वर्षको अवसरमा नेपाल जग्गा तथा आवास विकास संघ एवं नेपाल जग्गा तथा आवास विकास महासंघको आयोजना र नेपाल चेम्बर अफ कमर्सको सह–आयोजनामा एक्सपो आयोजना गरिएको हो । चारदिने एक्स्पोको औपचारिक उद्घाटन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)