कति छ रक्तसञ्चार केन्द्रमा रगत मौज्दात ?
janaaastha.com

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रगतको विवरण अनिवार्य अद्यावधिक गर्न निर्देशन दिएको छ । मन्त्रालयअन्तर्गत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट सञ्चालित ‘ब्लड ट्रयाकिङ्ग एण्ड डोनर म्यानेजमेण्ट सिस्टम’ मा आबद्ध भएका ३९ वटा रक्तसञ्चार केन्द्रलाई मौज्दातमा रहेको रगत तथा रक्त तत्वको विवरण अद्यावधिक गर्न भनिएको हो । केही रक्तसञ्चार केन्द्रले विवरण अद्यावधिक नगरेको पाइएको मन्त्रालयको भनाइ छ । मन्त्रालयले तत्काल विवरण प्रविष्टि गरी रक्त सञ्चार सेवालाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)