‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ माघमा, के हुनेछ नयाँ ?
baahrakhari.com · Thu Sep 17 11:08:32 GMT 2026

काठमाडौं । ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ आउँदो माघमा काठमाडौंमा आयोजना गरिने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र इभेन्ट्स सोलुसन प्रालिको संयुक्त आयोजनामा माघ ३ देखि ५ गतेसम्म हुने एक्स्पोको मुख्य नारा ‘उत्थानशील ऊर्जा, समृद्ध नेपाल’ तय गरिएको छ । यो एक्स्पो सन् २०१७, २०१८, २०२२ र २०२४ मा आयोजित संस्करणको निरन्तरता हुनेछ ।
नेपालको स्वच्छ ऊर्जा क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यका साथ एक्स्पो आयोजना गर्न लागिएको छ । यसपटकको एक्स्पोमा परम्परागत जलविद्युत्को दायरालाई मात्र समेटिने छैन, यसले सौर्य र वायु ऊर्जा, बायोग्यास, हरित हाइड्रोजन, ऊर्जा भण्डारण प्रणाली (ब्याट्री), विद्युतीय सवारी, स्मार्ट ग्रीड, डिजिटल ऊर्जा र एआई (कृत्रिम बौद्धिकता)जस्ता आधुनिक जलवायु प्रविधिलाई केन्द्रमा राखिने इप्पानले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)