राप्ती राजमार्गको ठूलो हिस्सा अझै स्तरोन्नतिको प्रतीक्षामा
gorkhapatraonline.com · Thu Sep 17 11:11:15 GMT 2026

शारदा (सल्यान), असोज १ गते । राप्ती राजमार्गका केही खण्डमा स्तरोन्नतिको काम अघि बढे पनि राजमार्गको ठूलो हिस्सा अझै सुधार र स्तरोन्नतिको प्रतीक्षामा छ । पर्याप्त बजेट अभावमा जोखिमयुक्त तथा जीर्ण सडकखण्डलाई प्राथमिकताका आधारमा मात्रै सुधार गर्नुपर्ने अवस्था रहेपछि वर्षायाममा पहिरो, हिलो र सडक अवरुद्ध हुने तथा हिउँदोयाममा धुलोको समस्या वर्षौँदेखि दोहोरिँदै आएको छ ।
दाङको अमेलियादेखि सल्यान र रुकुम पश्चिमको सीमाना खौलावाससम्मको सडक डिभिजन कार्यालय दाङको कार्यक्षेत्रमा पर्छ । कार्यालयका अनुसार मेलियादेखि तुलसीपुरसम्मको करिब ३२ किलोमिटर सडक तुलनात्मक रूपमा ठीक अवस्थामा रहे पनि त्यसपछिको करिब १०० किलोमिटर सडकखण्डमा सुधारको आवश्यकता छ । तर अहिले तीमध्ये करिब २२ किलोमिटरमा मात्रै विभिन्न चरणमा स्तरोन्नतिको काम भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)