९ लाख घुससहित नापी अधिकृत पक्राउ
annapurnapost.com · Thu Sep 17 11:01:33 GMT 2026

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ९ लाख घुससहित नापी अधिकृत पक्राउ गरेको छ। आयोगले काठमाडौंको नापी कार्यालय डिल्लीबजारअन्तर्गत३ नम्बर नापी टोली,माछापोखरीका टोली प्रमुख नापी अधिकृत डिल्लीबहादुर वलीलाई घुससहित नियन्त्रणमा लिएको हो।
छुट जग्गा दर्ता सिफारिससहितको मिसिल भूमि प्रशासन कार्यालय,मनमैजुमा पठाउन अनावश्यक दुःख,हैरानी दिई घुस मागेको भन्ने उजुरीका आधारमा अख्तियारको टोलीले वलीलाई पक्राउ गरेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)