भानुबिनाको भानुचोक
nepalnews.com · Thu Sep 17 11:15:27 GMT 2026

जनकपुरधाम। वीरगन्जबाट जनकपुरधामको पिडारी चोकमा बसबाट ओर्लिएकी आश्वी कर्णले साथीलाई फोन गरिन्। गत बुधबार जनकपुर आएकी उनलाई साथीले भानु चोक आउन भनिन्। सिटी रिक्साबाट भानु चोक पुगेपछि उनले पसलमा राखिएको बोर्डमा ‘भानु चोक’ लेखिएको देखिन्। आफू साथीले भनेको ठाउँमा आइपुगेको ठानिन्। तर यताउता हेर्दा त्यहाँ भानुको कुनै नामनिसाना देखिनन्।
उनले साथीलाई सोधिन्, ‘किन यो ठाउँलाई भानु चोक भनिएको हो?’ साथीले सडकको बीचमा रहेको सानो खाल्डोतर्फ देखाउँदै भनिन्, ‘यही ठाउँमा भानुभक्तको प्रतिमा थियो। त्यसैले यो ठाउँलाई भानु चोक भनिएको हो।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)