मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

९ लाख रुपैयाँ घुस लिएको आरोपमा नापी अधिकृत अख्तियारकाे फन्दामा

ratopati.com · Thu Sep 17 11:18:13 GMT 2026

काठमाडौँ । छुट जग्गा दर्ता सिफारिससहितको मिसिल भूमि प्रशासन कार्यालय, मनमैजुमा पठाउने विषयमा सेवाग्राहीसँग घुस मागेको आरोपमा नापी अधिकृत डिल्लीबहादुर वलीलाई ९ लाख रुपैयाँसहित अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले नियन्त्रणमा लिएकाे छ ।

काठमाडौँ, नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं. नापी टोली, माछापोखरीका टोली प्रमुख नापी अधिकृत वलीले सम्बन्धित काममा अनावश्यक दुःख–हैरानी दिई घुस/रिसवत मागिरहेको भन्ने सूचना तथा उजुरी प्राप्त भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)