नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली
khabarhub.com · Thu Sep 17 11:21:11 GMT 2026

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं. नापी टोली, माछापोखरीका टोली प्रमुख नापी अधिकृत डिल्लीबहादुर वलीलाई ९ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।
वलीले छुट जग्गा दर्ता सिफारिससहितको मिसिलपत्र भूमि प्रशासन कार्यालय, मनमैजु, काठमाडौंमा पठाउन अनावश्यक सास्ती, दुःख र हैरानी दिई घुस मागिरहेको उजुरीका आधारमा अख्तियारको टङ्गालस्थित कार्यालयबाट टोली खटिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)